
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा सिम्ताबाट गुमीका लागि छुटेको क प्र ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
गुर्भाकोट नगरपालिका–१३ सेराघारी बस्ने अन्दाजी ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए । दुर्घटनामा चालकबाहेक १९ जना घाइते भएका हुन्।
घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।