२२ असार २०८३, सोमबार

पोथी भालुले रुखको हाँगामा झुण्डिएर जन्मायो बच्चा (भिडियो)

फागुन २१, २०७६
पोथी भालुले रुखको हाँगामा झुण्डिएर जन्मायो बच्चा (भिडियो)

दक्षिण अमेरिकी मुलुक कोस्टारिकामा घुम्न गएको एक समूहले रुखको हाँगामा बच्चा जन्माएको देखेको आश्चर्यजनक भिडियो सार्वजनिक भएको छ । 

भिडियोमा खैरो घाँटी भएको भालुले झर्न लागेको शिशुलाई हात फैलाएर बचाएको देखिन्छ । 

‘मैले अहिलेसम्म देखेकोमध्ये सबभन्दा अनौठो कुरा यही हो,’ टूर गाइड स्टिभन भेलाले भने । 

शिशु भालु हावामा केही सेकेन्डसम्म झुण्डिरहेको देखिन्छ र उसलाई भुइँमा पछारिनबाट सालनालले मात्र रोकेको हो । 

भिडियोको पछिल्लो भागमा आमा भालुले शिशुलाई अँगालो हालेको र आराम दिएको देखिन्छ । 

यस्तो क्षण भिडियोमा कैद गर्नु आफैंमा दुर्लभ घटना भएको डा रेबेका क्लिफले बताइन् । उनी भालु संरक्षण प्रतिष्ठानमा काम गर्छिन् । 

‘भालुले बच्चा जन्माएको देख्नु पनि ठूलै भाग्यको कुरा हो किनकि उनीहरु एकदमै गोप्य रुपमा बच्चा जन्माउँछन्,’ उनले भनिन् । 

salt training

कमेन्ट गर्नुहोस्