०२ असार २०८३, मंगलबार

चुम्बन गर्दा पनि फैलिन्छ कोरोनाभाइरस !

फागुन २१, २०७६
चुम्बन गर्दा पनि फैलिन्छ कोरोनाभाइरस !

कोविड–१९ भनिने कोरोनाभाइरस मानिसको कपालभन्दा ९०० गुणा मसिनो हुन्छ । यो अत्यन्तै सूक्ष्म हुनाले कुन बेलामा शरीर पस्यो भन्न थाहा हुन्न । 

स्वास्थ्यविद्हरूका अनुसार, कोरोना लागेको व्यक्ति नजिकै जाँदा पनि कोरोना सर्न सक्छ तर यसका लागि चार परिस्थिति आवश्यक हुन्छन् । 

पहिलो, तपाईं रोगीको कति नजिक जानुभएको छ भन्ने कुरा । दोस्रो, रोगीले खोक्दा वा हाच्छ्युँ गर्दा थुक वा सिंगान तपाईंमा परेको छ कि छैन भन्ने कुरा । तेस्रो, तपाईंले अनुहारमा हात लग्नुभएको छ कि छैन भन्ने कुरा । चौथो, तपाईं

आफैं कति स्वस्थ हुनुहुन्छ र तपाईंको उमेर कति छ भन्ने कुरा । अलिक वृद्ध मानिसको रोगप्रतिरोधक क्षमता सही नहुनाले उनीहरू छिट्टै शिकार हुन्छन् । 

विश्व स्वास्थ्य संगठनका एक प्रवक्ता क्रिस्चियन लिन्डमेयरले कोरोना लागेको मानिसबाट कम्तीमा तीन फीट पर बस्नुपर्ने बताएका छन् । 

डब्ल्यूएचओले कोरोनाभाइरस यौनसम्पर्कबाट नसर्ने बताएको छ । तर पीडित व्यक्तिलाई चुम्बन गर्दा यो निश्चित रूपमा सर्ने उसले चेतावनी दिएको छ । 

भाइरस लागेको मानिसले आफैं खानामा हात हालेमा अनि साँघुरो ठाउँमा धेरैजना मिलेर खाना खाएमा रोग सर्न सक्छ । तर खानालाई बेस्सरी तताएमा भाइरस निष्क्रिय हुने सम्भावना पनि रहन्छ । 

कोरोनाभाइरस मानिसहरूबाट जनावरमा सर्न सक्ने प्रमाण चाहिँ फेला परेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्