भारतको प्रयागराजमा एक युवक आफ्नी प्रेमिकासँग विवाह गर्न मन्दिर पुग्दा उसकी पुरानी प्रेमिका पनि आइपुगेकी छन् । पुरानी प्रेमिकाले हंगामा मच्चाएपछि युवकले दुवै युवतीलाई सिन्दूर हालेका थिए ।
पुरानी प्रेमिकाले आफूसँग युवकले बिहे नगरेमा विष खाएर मर्ने धम्की दिइन् । ती युवकले पुरानी प्रेमिकालाई वर्षौंदेखि प्रेम गरिरहेको थियो । तर चार दिनअघि ऊ नयाँ युवतीसँग हिँड्न थालेको देखेपछि पुरानी प्रेमिकाले हंगामा गरिन् ।
सोमवार साँझ नयाँ प्रेमिकासँग विवाह गर्न युवक मन्दिर पुग्दा पूर्व प्रेमिका पनि आइपुगिन् । हंगामा भएपछि युवकले सबैका सामु दुवै प्रेमिकासँग विवाह गरे । उनीहरू दुवैलाई सिन्दूर लगाएर मंगलसूत्र समेत उनले लगाइदिए ।