
कतारको राजधानी दोहामा अमेरिका र तालिबानबीच भएको शान्ति सम्झौता चार दिन पनि टिक्न नसकेपछि अमेरिकाले तालिबानमाथि बुधवार आक्रमण गरेको छ ।
तालिबानले आक्रमण जारी राखेपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबान नेता मुल्लाहलाई फोन गरेर राम्रो कुराकानी भएको बताएका थिए । तर त्यसको केही घन्टापछि नै तालिबानले आक्रमण गरी २० जना सैनिक र प्रहरीको हत्या गरिदियो ।
त्यसपछि अमेरिकाले हेल्मान्द प्रान्तमा तालिबानमाथि आक्रमण गरेको खबर आएको छ ।