×

कोरोना रोक्न पोखरामा सचेतना, सभा समारोह नगर्न जिल्ला प्रशासनको आग्रह

फागुन २१, २०७६

छिमेकी देश चीनबाट पैmलिएको नोभेल कोरोना भाइरस संक्रमण (कोभिड–१९) विश्वका ७७ बढी मुलुकमा फैलिँदा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा उच्च सतर्कता अपनाउन थालिएको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीले बुधवार सूचना जारी गरी सजकता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । 


Advertisment

सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी सूचनामा कास्कीमा पनि संक्रमणको सम्भावना दृष्टिगत गर्दै संक्रमणको फैलावट घटाउन वा जोखिम कम गर्न धेरै भीडभाड तथा व्यापक जनसमुदाय उपस्थित हुने सार्वजनिक स्थलमा भेला, मेला, भेटघाट, जमघट र समारोहजस्ता कार्यक्रम नगर्न आग्रह गरिएको छ ।


Advertisment

नेपालसहित विश्वभरमै यसको जोखिम रहेको जेखाजोखा विश्व स्वास्थ्य संगठनले गरिसकेको उल्लेख गर्दै सजकता अपनाउन आग्रह गरिएको छ । 

पर्यटकको बाक्लो आउजाउ हुने पोखरामा संक्रमित भित्रिए थेप्न सक्ने क्षमता पर्याप्त नभएकाले पूर्व सचेतनामा जोड दिइएको हो । यद्यपि सुरक्षाका लागि सरकारीदेखि निजी क्षेत्रका अस्पताललाई समेत तयारी अवस्थामा राखिएको छ ।
संक्रमणको आशंका गरिएकाहरूलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्ने गरी ६० शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल), गण्डकी मेडिकल कलेज (जीएमसी), चरक एकेडेमी, मणिपाल शिक्षण अस्पताल आइसोलेसन वार्ड तयार भएको हो । क्वारेन्टाइनका लागि सम्भावितस्थल खोजी भइरहेको उनले बताए ।

गण्डकी प्रदेशको पर्यटकीयस्थल मुस्ताङ कोरला नाकामा सीमा जोडिएकाले त्यहाँ हेल्थ डेस्क राखेर स्वास्थ अवस्था बुझ्ने कार्य भएको डा. शर्माले बताए । पोखरामा चिनियाँ पर्यटकसँगै अन्य मुलुकका पर्यटको बाक्लो आउजाउ हुने भएकाले सुरक्षाका लागि पोखरा विमानस्थलमा पर्यटकको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्ने काम नियमित भइरहेको छ ।

पोखराका विभिन्न सपिङ मल, फिल्म हल, पर्यटकीयस्थल लेकसाइड, सभा सभारोहमा कम उपस्थिति हुन थालेको छ । कोरोना भाइरस संक्रमणबाट बच्न पोखरेलीहरू मास्क प्रयोग गर्न थालेका छन् । 

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x