२५ जेठ २०८३, सोमबार

कृषि विकास बैंक र फोन पेबीच सम्झौता

फागुन २१, २०७६
कृषि विकास बैंक र फोन पेबीच सम्झौता

कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडबीच सम्झौता भएको छ ।

सम्झौतासँगै फोन पेका सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाइल बैंकिङमार्फत लिन सकिने छ ।

कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् ।

सम्झौता पत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट ग्रूपका अध्यक्ष विश्वास ढकाल र  कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरे ।

५ दशकभन्दा बढी समयदेखि कृषि विकास र बैंकिङ सेवामा समर्पित कृषि विकास बैंक शहरदेखि ग्रामीण भेगसम्म बृहत शाखा सञ्जाल भएको बैंक हो । बैंकले २७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम टर्मिनल, ८५ हजार डेबिट कार्ड ग्राहक, २ लाख ३७ हजार मोबाइल बैंकिङ ग्राहक, १४ लाख खाता ग्राहक, ४७ वटा कार्यालयबाट सरकारी कारोबार लगायत बैंक जमानत, प्रतितपत्र, विदेशी मुद्रा विनिमय लगायत आधुनिक भुक्तानीका सेवासहित सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका ९२ हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । फोन पेमा मासिक २ लाखभन्दा धेरै कारोबार हुने गरेको छ । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका ७ वटै प्रदेशमा पुगिसकेको छ ।

फोन पेमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३० लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् । 

बैंक र फोन पेबीच सम्झौताले नेपाल सरकारले अवलम्बन गरेको विद्युतीय माध्यमवाट भुक्तानी गर्ने कार्यक्रममा थप योगदान पुग्ने देखिन्छ । विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बैंकसँग खाता भएका ग्राहकले निश्चित छुट सुविधा पाउने बैंकका डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख बाशु अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्