०२ असार २०८३, मंगलबार

ह्वात्तै बढ्यो सुनको भाउ

फागुन २१, २०७६
ह्वात्तै बढ्यो सुनको भाउ
प्रतिकात्मक तस्वीर

नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ८० हजार ५०० रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ८० हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । 

महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ७८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ८८० रुपैयाँ पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्