२१ जेठ २०८३, बिहीबार

शिक्षालाई राजनीतिबाट मुक्त बनाउनुपर्छ - कांग्रेस नेता पौडेल

फागुन २१, २०७६
शिक्षालाई राजनीतिबाट मुक्त बनाउनुपर्छ - कांग्रेस नेता पौडेल
फाइल तस्वीर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दा शिक्षा क्षेत्र धरासायी बन्दै गएकामा उनले चिन्ता व्यक्त गरे । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका छात्रछात्रालाई आज झोला वितरण गर्दै केन्द्रीय सदस्य पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए ।

उनले भने, 'पछिल्लो समय शिक्षा क्षेत्रमा राजनीति हाबी भइरहेको छ, यसलाई रोक्नुपर्छ ।'

नेता पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षा वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै शिक्षक र अभिभावकको चासोले शिक्षा क्षेत्रमा सुधार सम्भव रहेको बताए ।

उनले उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा पौडेलले विद्यालयमा अध्ययनरत २०० विद्यार्थीलाई झोला वितरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्