०३ साउन २०८३, आइतबार

खतिवडा फेरि अर्थमन्त्री बनेकै दिन नेप्सेमा भारी गिरावट

फागुन २१, २०७६
खतिवडा फेरि अर्थमन्त्री बनेकै दिन नेप्सेमा भारी गिरावट

बुधबार नेप्से परिसूचकमा भारी गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १५.१७ अङ्कले घटेर ३०८.८७ मा पुगेको छ। 

बुधबार कुल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भयो। बुधबार कारोवार भएका कुल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ।

बैंकिङ ६०.९७, व्यापार २.९७, होटल ८०.०४, विकास बैंक ७२.१४, जलविद्युत् २९.९६, फाइनान्स १४.१, निर्जीवन बीमा ४०६.९५, उत्पादन ८८.६७, अन्य २८.५, माइक्रोफाइनान्स १४८.२५, जीवन बीमा ४५६.९६ र सामूहिक लगानी कोषको ०.१२ अङ्कले ओरालो लागेको छ। 

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर २६ करोड ६६ लाख ३२ हजार ८८१ मा खरिद बिक्री भयो। एनएमबी बैंकको १३ करोड ८९ लाख ३७ हजार ११९, हिमालनय डिष्टिलरीको १३ करोड २२ लाख पाँच हजार ७८, एनआइसी एशिया बैंकको १३ करोड एक लाख तीन हजार ५०८ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० करोड ६ लाख २८ हजार १११ मा खरिद बिक्री भयो। 

बजार घटे पनि सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१७ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ५.०४, लक्ष्मी भ्यालु फण्ड–एक १.९०, स्वरोजगार लघुवित्त विकास बैंक १.६२, साल्ट ट्रेडिङ कर्पोरेशन ०.८५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ०.७९ प्रतिशतले कमाए।

सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले समान १०÷१० प्रतिशतले गुमाए ।  

salt training

कमेन्ट गर्नुहोस्