
प्रहरीले सुदूरपश्चिमका प्रदेश सांसद अक्कल रावललाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। अछाम घर भएका उनी सत्तारुढ नेकपाका सांसद हुन्।
धनगढीकी एक महिलालाई बलात्कार प्रयास आरोप लागेपछि उनी पक्राउ परेका हुन्। कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतका अनुसार रावलमाथि थप अनुसन्धान भइरहेको छ।
ती महिलाले १४ फागुनमा रावलविरुद्ध उजुरी दिएकी थिइन्। रावलले आफूमाथि २१ माघमा बलात्कार प्रयास गरेको ती महिलाको दाबी छ।
रावल तत्कालीन माओवादी केन्द्रबाट अछाम क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित भएका थिए। उनी सुदूरपश्चिम प्रदेशसभामा नेकपा संसदीय दलका सचेतक पनि हुन्।