२४ जेठ २०८३, आइतबार

पृथ्वीतिर बढिरहेको सगरमाथाभन्दा ठूलो उल्कापिन्ड

फागुन २१, २०७६
पृथ्वीतिर बढिरहेको सगरमाथाभन्दा ठूलो उल्कापिन्ड
प्रतिकार्यात्मक तस्वीर।

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले पृथ्वीतिर बढिरहेको एक विशाल उल्कापिन्डबारे खोज गरेको छ। दाबी गरिएको छ कि यो उल्कापिन्ड सगरमाथाभन्दा पनि कयौँ गुणा ठूलो छ।

यद्यपि यो उल्कापिन्डलाई लिएर डराउनु पर्ने अवस्था नरहेको नासाले प्रस्ट्याएको छ। किनकी यो उल्कापिन्ड पृथ्वीभन्दा कयौँ किलोमिटर टाढैबाट हराउने छ। 

३१ हजार ३ सय १९ किलोमिटर प्रतिघन्टा गति रहेको यो उल्कापिण्डलाई  (१९९८ ओर २ ) नाम दिइएको छ। नासाले यो उल्का पिण्डलाई सर्वप्रथम १९९८ मा देखेको थियो।

अनुमान गरिएको छ कि यो उल्कापिन्ड आगामी अप्रिल २९ मा पृथ्वीतिर आउने छ। तर असर गर्ने छैन।

खगोलविदहरुका अनुसार यस्ता उल्कापिन्ड हरेक १ सय वर्षमा पृथ्वीसँग ठक्कर खाने ५० हजार सम्भावाना रहन्छ।

खगोलविदहरुको अन्तर्राष्ट्रिय समूहका डा ब्रूस बेट्सले यस्ता उल्कापिन्डलाई लिएर भनेका छन्, ‘साना उल्कापिन्ड केही मिटरका हुन्छन् र प्रायः  वायुमण्डलमा पनि ठक्कर खाएर जल्छन्। यसबाट कुनै ठूलो क्षति हुँदैन।'
 
स्मरण रहोस् सन् २०१३ मा लगभग २० मिटर लामो एक उल्कापिन्ड वायुमण्डलमा ठोक्किएको थियो। एउटा ४० मिटर लामो उल्कापिन्ड सन् १९०८ मा साइबेरियाको वायुमण्डलमा ठक्कर खाएर जलेको थियो।  

salt training

कमेन्ट गर्नुहोस्