
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधवार त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम शुरू गरेको छ ।
प्रत्यारोपणपछि आईसीयूमा सारिएका ओलीको स्वास्थ्य सूचक राम्रो रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए ।
उनका अनुसार मिर्गौला दिएकी उनकी भान्जीको अवस्था सामान्य छ ।
शल्यक्रियापछि होस खुले पनि उच्च मात्रामा दुखाइ कम गर्ने औषधिहरू दिइएकाले ओली बुधवार राति निन्द्राको स्थितीमा थिए ।
मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकका अनुसार ओलीको प्रत्यारोपित मिर्गौला वरिपरि राखिएको पाइपलाई पेट बाहिर निकालिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।