१९ असार २०८३, शुक्रबार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच रेमिट्यान्स सम्झौता

फागुन २२, २०७६
सिटी एक्सप्रेस मनि ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच रेमिट्यान्स सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच रेमिट्यान्स सम्झौता भएको छ ।

एक कार्यक्रमबीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्ती एप्मा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपालभर रहेका ७ हजार ५०० भन्दा बढी एजेन्टमा पठाउन सक्नेछन् । यसका साथै खल्ती डिजिटल वालेटका एजेन्टबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।

सिटी एक्सप्रेसका सबै एजेन्टबाट आफ्नो खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुविधा पनि शीघ्र सञ्चालन हुने भएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तर्राष्ट्रिय एजेन्टबाट पनि सिधै खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुविधा शुरू हुनेछ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्ट्हरूबाट ७ हजार ५०० भन्दा बढी नेपालको एजेन्ट्हरूमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्