२८ जेठ २०८३, बिहीबार

‘आइएमई पे’को ‘नेपालमा पैसा हातैमा पायो सँगै ५० रुपैयाँको बोनस खायो’ योजना सार्वजनिक

फागुन २२, २०७६
‘आइएमई पे’को ‘नेपालमा पैसा हातैमा पायो सँगै ५० रुपैयाँको बोनस खायो’ योजना सार्वजनिक

आईएमई ग्रूपद्वारा प्रवद्र्घित ‘आईएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै ५० रुपैयाँको बोनस खायो’ योजना ल्याएको छ ।

योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ ।

योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२०  (छ महिना) सम्म लागू गरिएको छ ।

योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्ने सेवाग्राहीले ३ पटकसम्म निःशूल्क सेवाशूल्कमा पैसा पठाउन सक्नेछन् । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरू रहेका छन् । यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘आईएमई पे’ डाउनलोड गरेको हुनुपर्छ ।

जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकमसहित ‘आईएमई पे’  मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरी नेपालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ । 

आईएमई डिजिटल सोलुसन लिमिटेडबारे

झन्डै २५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रूप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर (क्यूआर) मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । 

आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्