१७ असार २०८३, बुधबार

स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु

फागुन २२, २०७६
स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले बताए ।

बालिकाका बुबा एमआरडी इँटा उद्योगमा काम गर्दै आएका थिए । सोही इँटा उद्योगमा काम गर्ने नम्बर नखुलेको स्काभेटरले बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएका प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्