०८ साउन २०८३, शुक्रबार

एमालेको आह्वान – सिमानामा छिमेकीले आँखा गाड्यो, हामी बाहेक कस्ले जोगाउँछ ? (भिडियो सहित)

कात्तिक २०, २०७४
एमालेको आह्वान – सिमानामा छिमेकीले आँखा गाड्यो, हामी बाहेक कस्ले जोगाउँछ ? (भिडियो सहित)
काठमाडौं, ६ वैशाख - बरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपानेको स्वरमा एमालेको चुनावी गीत सार्वजनिक भएको छ । अरु दलहरुको जस्तै एमालेको पनि चुनावी गीत सार्वजनिक हो । गीत सुरुवातमै राष्ट्रियताको मुद्दालाई उठाइएको छ ।

‘सिमानामा गोली छिमेकीले साह्रै आँखा गाडे, अरु कोही बोल्ने छैनन एमालेले छोडे’ यो गीत एमालेको चुनावी गीतको पहिलो टुक्का हो । गीतको अन्य भागमा पनि राष्ट्रियताको मुद्दालाई उठाइएको छ ।

न्यौपानेले भोट कल्लाई उज्यालो घामलाई दिनुहोस्, देश बनाउने जिम्मेवारी हाम्लाई दिनुहोस्’ बोलको चुनावी गीत सार्वजनिक गरेका हुन् ।

न्यौपानेले सिमानामा छिमेकीले आँखा गाडेर नेपालीलाई दुःख दिएको बताउदै त्यसको विरुद्दमा सम्पूर्ण नेपालीलाई एक हुन् आग्रह गरेका छन ।

हिमाल, पहाड, तराईका सबै नेपाली लामो समयदेखि मिलेर बसेको भन्दै अहिले केहीले पहाडलाई फुटाएर पराई बनाउन खोजेको भन्दै त्यसका विरुद्ध लाग्नसमेत गितमा आग्रह गरिएको छ ।
ठूला पार्टी भनेका केही दलले छिमेकीलाई टेर्न छाडे देशमा शान्ति छाउने र देशको अहिलेको मुहार फेरिनेसमेत बताइएको छ गीतमा ।

सूर्य न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा एमालेलाई भोट दिन आग्रह गरिएको छ । राष्ट्रियतामाथि आँच पुर्यारउनेमाथि एकजुट हुने बेला भएको समेत गित उल्लेख छ ।

नेपालीको छोरा यहाँ सिमानामा पर्छ, मिचिएको सिमा हाम्ले फिर्ता पाउनुपर्छ । हाम्ले आफ्नो संबिधान मान्न पाउनुपर्छ । किन विबाद भएको छ जान्न पाउनुपर्छ । लगायतका टुक्का गीतमा समावेश गरिएको छ ।

नाकाबन्दी पछि भारतको खिलामा उत्रेको एमालेको भूमिकालाई गीतमा स्पष्ट रुपमा ब्याख्या गर्न खोजिएको छ । भारतीय अत्यारमा गीत केन्द्रीत छ । फेरी पुरानै मान्छेलाई जीताएमा देशको विकास नहुने समेत गीतमा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्