
चीनबाट महामारीको रूपमा फैलिएको कोरोना भाइरसबारे संसारभर चासो र चिन्ता छ ।
यसबारे विभिन्न चर्चा परिचर्चा हुन थालेका छन् । कोरोनाको बारेमा गलत प्रचार गर्ने गरेको पाइएको भन्दै विज्ञहरूले त्यस्ता हल्लाको प्रभावमा नपर्न आग्रह गर्दै आइरहेका छन् ।
कोरोना संक्रमणबारे भ्रम र यथार्थताबारे जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दिएको सुझाव यस्ता छन् ।
१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो । अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन । स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो । कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ ।
२. कोरोना भाइरस घरपालुवा जनावरबाट सर्दैन ।
३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन । बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमित बिरामीले खोकेमा, हाछ्युँ गरेमा ड्रपलेटबाट सर्न सक्छ । बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ ।
४. कोरोना सर्दैमा मृत्यु हुँदैन । धेरै जनालाई त कोरोना सरेर आफैं निको भएको पनि हुन्छ । १ सय जनालाई कोरोना संक्रमण भएमा १/२ जनाको मात्र मृत्यु हुन्छ ।
५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घरोगी सबैको मृत्यु हुने हैन । यो जोखिम समूहले विशेष ख्याल गर्नुपर्छ । जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ ।
६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन । सिधै सर्नबाट केही बचाउने काम भने गर्दछ ।
७. चिनिँयासँग भेट्दैमा, चिनिँया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन ।
८. बोर्डर सील गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।
९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन । त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै ।
१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन । यसको लागि प्रभावकारी 'एन्टी भाइरल' औषधिको आवश्यकता हुन्छ ।
११. कोरोना भाइरस ल्याबमा विकास गरेको हैन ।
१२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन ।
१३. शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छर्दैमा कोरोना नसर्ने भन्ने हुँदैन ।
१४. विश्व बजारमा आएको 'मिराकल मिनरल वाटर' पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो ।
१५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन ।