
मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपाल आएकी छन् ।
तीन दिने भ्रमणका लागि काठमाडौं अवतरण गरेकी मिस वर्ल्ड सिंहलाई मिस नेपाल अनुष्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरिन् ।
हिडन ट्रिजर र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्यवमा नेपाल आएकी जमैकन सुन्दरी ३ दिन यहाँ रहनेछिन् ।
यसक्रममा उनी सिन्धुपाल्चोकदेखि मकवानपुरसम्म पुग्ने कार्यक्रम छ ।