
काठमाडौं ६ वैशाख - प्रमुख पाँच दलले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते देशभर एकै चरणमा गर्नुपर्ने निर्णय गरेका छन् । नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकको बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनाव एकै चरणमा गर्ने निर्णय गरेको हो ।
वैशाख ३१ गतेको निर्वाचन एकैदिन एकै चरणमा सम्पन्न गर्ने निर्णय भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए वैशाख ३१ गतेको निर्वाचनमा मधेशी मोर्चा र संघीय गठबन्धनलाई सहभागि गराउन आवस्यक पहल कदमी गर्ने समेत निर्णय भएको उनले बताए ।

‘अहिलेको अवस्थामा एकै चरणमा निर्वाचन गर्नेमा सबैको सहमति भयो’ उनले भने, ‘सबै पक्षलाई अन्तिम समय सम्म सहभागि गारनउन सत्ता पक्षले पहल गर्ने, त्यसमा प्रतिपक्षले सहभागि गराउने सहमति भयो ।’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुइ चरणमा चुनाव गर्ने तर्क आएपनि वैशाख ३१ को निर्वाचन तलमाथि नहुने बताएका थिए ।
दलहरुबीच मधेशी मोर्चा चुनावमा सहभागि भए प्रदेश नम्बर २ का ८ जिल्ला र प्रदेश नम्बर ५ का तीन गरि ११ जिल्लामा दोस्रो चरणमा चुनाव गर्ने बिषयमा दलहरुबीच छलफल भएको थियो ।
‘मधेशी मोर्चा यदी सहमति गरेर आउन भने दुइचरण्मा चुनाव गर्न सकिन्छ भन्ने तर्कको रुपमा आएको हो’ प्रचण्डको भनाई उदृद्धगर्दै गृहमन्त्री विमलेन्द्र निधिले भने । उनले वैशाख ३१ गते चुनाव हुने भन्दै यसमा भ्रम नराख्न प्रधानमन्त्रीले आग्रह गरेको समेत जानकारी दिए ।
गृहमन्त्री निधिले मधेसी मोर्चा चुनावमा आएमा चुनाव दुइ चरणमा गर्न सकिने बताए । सरकारले सुरक्षाको भरपर्दो व्यबस्था गरेकोले पाँचदल एक भएर उभिए चुनाव हुने भन्दै प्रचण्डले एकजुट हुन आग्रह गरेका थिए ।
बैठकमा काग्रेस सभापति शेरबहादुर देउवा, एमाले कार्यबहाक अधयक्ष वामदेव गौतम, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार लगायत सहभागि थिए ।