टर्कीले सिरियामा सैन्य हस्तक्षेप गरेको विषयमा एक सांसदले राष्ट्रपति रेचेप तैयिप अर्दोआनको आलोचना गरेपछि संसदमै कुटाकुट भएको छ ।
विपक्षी सांसद एनगिन ओजकोचले राष्ट्रपति अर्दोआनविरुद्ध सैनिकको अपमान गरेको आरोप लगाए ।
सेनालाई हवाई सहायता विना युद्धमा पठाउनु गैरजिम्मेवार भएको उनले बताए ।
राष्ट्रपति अर्दोआनले पनि विपक्षीहरूलाई देशद्रोह गरेको भन्दै कडा आलोचना गरेका छन् ।
टर्कीले सिरियामा विद्रोहीहरूलाई सैन्य सहायता दिइरहेको छ ।
विगत एक महिनामा ५० जना टर्किश सैनिकहरू मारिएका छन् । यसले राजनीतिक तनाव बढाएको छ ।