
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुबाट भागेको भनिएका व्यक्ति सुनसरीस्थित घर पुगिसकेको पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसनमा राख्ने तयारी भइराख्दा भागेका ती व्यक्ति सुनसरीको इटहरिस्थित घर पुगिसकेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।
'दक्षिण कोरियबाट नेपाल फर्किएपछि टेस्ट गर्न भनेर अस्पताल जाँदा सबै टेस्ट गर्नुपर्छ भनेपछि त्यहाँबाट भागेको रहेछ, अहिले इटहरिस्थित घर पुगिसकेको छ,' डीएसपी बोगटीले भने ।
बिरामी अवस्थामा नरहेको पाइएकाले उनलाई नियन्त्रणमा लिने वा काठमाडौं ल्याउने त्यस्तो कुनै तयारी नरहेको उनले बताए ।