०७ असार २०८३, आइतबार

करेन्ट लाग्दा विद्युतका तीन कर्मचारी घाइते

कात्तिक २०, २०७४
करेन्ट लाग्दा विद्युतका तीन कर्मचारी घाइते
पोखरा, ६ बैशाख– विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर पोखरामा तीन जना घाइते भएका छन् । पोखराको लेखनाथ महानगरपालिका ७ मासबारमा विद्युत मर्मत गर्ने क्रममा उनीहरु घाइते भएका हुन् ।
विद्युत प्राधिकरण पोखरामा कार्यरत पदमबहादुर पुन, भुवनबहादुर मगर र राजेन्द्र हमाल घाइते भएका हुन् । घाइते पुन र मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते हमाल सामान्य उपचारपछि घर फर्किएका छन् ।

विद्युत आपुर्तीमा समस्या आएपछि उनीहरु विहान साढे सात बजे मर्मतका लागि गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्