३१ जेठ २०८३, आइतबार

विप्लव समूहका भोजपुर सदस्य पक्राउ

फागुन २२, २०७६
विप्लव समूहका भोजपुर सदस्य पक्राउ
सरकारद्वारा प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'

xप्रहरीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका भोजपुर नेतालाई पक्राउ गरेको छ।  

 टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका जिल्ला सदस्य  सुमित परियार पक्राउ हातहतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

परियारको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनटथ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान र एनसेलको एक थान सिमकार्ड बरामद भएको प्रहरीको दाबी छ।  साथै परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेजसमेत बरामद भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए।

salt training

कमेन्ट गर्नुहोस्