२२ जेठ २०८३, शुक्रबार

बोर्डिङ स्कूलको छात्रावासमा आगलागी

फागुन २२, २०७६
बोर्डिङ स्कूलको छात्रावासमा आगलागी
File Photo

इलामको फाकफोकथुम गाउँपालिका–६ फुस्रेको तीनजुरे बोर्डिङ स्कूलको छात्रावासमा आगलागी हुँदा २५ लाख बढीको क्षति भएको छ।

बुधबार राति भएको आगलागीमा घर, घरभित्र रहेको भाँडावर्तन, अन्नपात, लत्ताकपडा, दुई टेलिभिजन, चार  ल्यापटप, दुई कम्प्युटर, टेबल, कुर्सी, दराज, खाट र कागजात जलेर नष्ट हुँदा  २५ लाख बढीको क्षति भएको हो।

काठ र टिनबाट निर्माण गरिएको दुई तले छात्राबासमा बिद्युत् सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए। एकतप्पा प्रहरी चौकी र स्थानीयवासीको सहयोगमा दुई घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो।

salt training

कमेन्ट गर्नुहोस्