०९ असार २०८३, मंगलबार

भारतीय रक्षामन्त्री छिट्टै नेपाल आउने

फागुन २२, २०७६
भारतीय रक्षामन्त्री छिट्टै नेपाल आउने

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा भारतका रक्षामन्त्री राजनाथ सिंहले छिटै नेपाल भ्रमणमा आउने भएका छन्।

रक्षामन्त्री पोखरेललाई बिहीबार उनको कार्यकक्षमा नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरी सो जानकारी दिएका हुन्।

भेटवार्ताको क्रममा उपप्रधानमन्त्री पोखरेलले आफूले गत हप्ता भारतका रक्षामन्त्री सिंहलाई नेपाल भ्रमणको निम्ता पठाएको स्मरण गर्दै भारतका रक्षामन्त्रीबाट नेपालको भ्रमण हुने विश्वास व्यक्त गरे।

भारतका  रक्षामन्त्रीलाई नेपाल भ्रमणको लागि पठाइएको निमन्त्रणाका लागि कृतज्ञता व्यक्त गर्दै राजदूत क्वात्राले भारतका रक्षामन्त्रीबाट यथाशीघ्र नेपाल भ्रमण हुने व्यवस्था मिलाउन आफूले आवश्यक पहल गर्ने जनाएको रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले जानकारी दिए।
 

salt training

कमेन्ट गर्नुहोस्