०४ असार २०८३, बिहीबार

अर्थतन्त्रमा कोरोना प्रभाव – सरकारले शुरू गर्‍यो अध्ययन

फागुन २३, २०७६
अर्थतन्त्रमा कोरोना प्रभाव – सरकारले शुरू गर्‍यो अध्ययन

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रसँगै नेपालमा असर देखिन थालेपछि अर्थमन्त्रालयले अध्ययन शुरू गरेको छ ।

अर्थ एवम् सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बिहीवार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा कोरोना भाइरसले अर्थतन्त्रमा पार्ने प्रभावका बारेमा अर्थमन्त्रालयले अध्ययन अघि बढाइसकेको जानकारी दिए । 

कोरोनाले बजारमा कृतिम अभाव देखिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको बताउँदै अर्थमन्त्री खतिवडाले भने,‘कोरोनाकै कारण बजारमा यतिबेला कृतिम अभाव हुन थाल्यो भन्ने अफवाह फैलिएको छ, त्यसतर्फ सरकार सचेत छ ।’ कारोबार दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्