०३ असार २०८३, बुधबार

पोखरीमा डुबेर महिलाको मृत्यु

फागुन २३, २०७६
पोखरीमा डुबेर महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर

महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा पोखरीमा डुबेर १ महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मटिहानी नगरपालिका–१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बिहीवार साँझ गाउँ नजिकैको पोखरीको डिलमा घाँस काट्न गएकी खत्बेलाई छारे रोगले च्यापेपछि उनी सोही पोखरीमा खस्न जाँदा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्