मुम्बई,६ पुस– ८१ बर्षीय बलिउड अभिनेता धमेन्द्रको स्वास्थ्य बिग्रेपछि उपचारको लागि नानावती अस्पतालमा भर्ना गरिएको छ । मिडिया रिपोर्टका अनुसार धमेन्द्र लामोसममयदेखि पेटको समस्याबाट ग्रसित थिए ।
धमेन्द्रको पेटमा समस्या आएपछि सोमबार उनलाई सीधै अस्पतालमा भर्ना गरिएको थियो ।
धर्मेन्द्रको उपचारमा संलग्न डाक्टरका अनुसार धमेन्द्रको पेटको समस्याका कारण अस्पतालमा भर्ना भएको बताए । उनले भने ‘हामी धमेन्द्रको ग्याष्ट्रिक अपसेटनेसको उपचार गरिरहेका छौं ।’
केही दिनको उपचारपछि धमेन्द्रको डिस्चार्ज हुने डाक्टरले बताए । डाक्टरले धमेन्द्र अहिले चिन्तामुक्त भएको बताएका छन् ।
धर्मेन्द्रले ८ डिसेम्बरमा आफ्नो ८१ औं बर्थ डे मनाएका थिए ।
एजेन्सी