धार्मिकस्थलमा ठूलो आवाजसहितका स्पिकर बजाइएको भन्दै ट्वीट गरेपछि विवादमा आएका गायक सोनू निमगले उनको शिर मुण्डन गर्ने व्यक्तिलाई १० लाख दिने घोषणा गर्ने मुस्लीम धर्म गुरुलाई जवाफ दिएका छन् ।

बुधबार एक ट्वीट गर्दै निगमले लेखेका छन्,‘आज दुईबजे आलिम मेरो घरमा आएर मेरो कपाल मुण्डन गर्नेछ, तपाई १० लाख तयार राख्नुहोस् ।’
समाचार हरुका अनुसार पश्चिम बंगालका एक मोलवी (धर्मगुरु)ले प्रेस कन्फरेन्स गर्दै सोनू निगम विरुद्ध यस्तो घोषणा गरेका थिए ।
सोनू निमगले प्रश्न गरेका छन्,‘के यो धार्मिक गुण्डागर्दी होइन ।’
सोनू निगमले प्रार्थना गर्नका लागि आह्वान गर्दै स्पिकरमा आउने आवाजका कारण निन्द्र बिग्रिको भन्दै त्यसको विरोधमा ट्वीट गरेका थिए । त्यसपछि उनको समर्थन र विरोधमा सामाजिक सञ्जाल तातेको छ ।