०६ असार २०८३, शनिबार

चिनियाँ राष्ट्रपतिले गरे प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

फागुन २४, २०७६
चिनियाँ राष्ट्रपतिले गरे प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना
फाइल फोटो

चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिवार एक सन्देश पठाएर हालै उनले मिर्गौला प्रत्यारोपण गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सीले सन्देशमा २ देश तथा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीचको सम्बन्धलाई थप विस्तार गर्दै त्यसलाई गतिशील बनाउन तथा २ देशका जनताको हितका खातिर द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रधानमन्त्री ओलीको बुधवार दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्