२७ जेठ २०८३, बुधबार

नेकपाले ३ महिने अभियान सञ्चालन गर्ने

फागुन २४, २०७६
नेकपाले ३ महिने अभियान सञ्चालन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लमजुङले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

शनिवार बेंसीशहरमा भएको तेस्रो पूर्ण बैठकले आगामी चैत, वैशाख र जेठमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेकपा जिल्लाका अध्यक्ष मधु अधिकारीको अध्यक्षता, नेकपाका स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । 

बैठकमा प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता गुरुङ र केन्द्रीय सदस्य अधिकारीले समसामयिक विषयमा धारणा राखेका थिए । बैठकले पार्टी एकतालाई अझै बलियो बनाउन, सरकारले गरेका राम्रा काम नागरिकको घरदैलोसम्म पुर्‍याउन, पार्टीको विधान, नीति तथा अभियानबारे जानकारी दिन र आम नागरिकको गुनासो तथा सुझाव लिनका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको हो ।

बैठकले कोरोना भाइरसका सम्बन्धमा जनचेतना जगाउने खालका कार्यक्रम आम नागरिकसम्म लैजाने निर्णय गरेको छ । नेकपा जिल्ला सचिव धनञ्जय दवाडीका अनुसार बैठकले खासगरी आगामी चैत महिनालाई सदस्यता नवीकरण, बैठक, कार्यविभाजन र जिम्मेवारी बाँडफाँड लगायतका काम गर्ने र ठूला भेला तथा सम्मेलन नगर्ने लगायतका निर्णय पनि गरेको छ ।

बैठकले कार्यालय सदस्यमा प्रदेश सदस्यमा रामचन्द्र पौडेल र सुनिल सुनारलाई थप गर्ने, सचिवालय गठन,  संगठन र आर्थिक विभाग समेत निर्माण गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्