२४ जेठ २०८३, आइतबार

प्रधानमन्त्रीलाई फिजियोथेरापी गराइदैँ, पेनकिलर औषधि बन्द

फागुन २५, २०७६
प्रधानमन्त्रीलाई फिजियोथेरापी गराइदैँ, पेनकिलर औषधि बन्द
फाइल तस्वीर

सिर्गौला प्रत्यारोपणपछिको उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको आइसीयुमा सामान्य हिंडडुल गराउनका साथै फिजियोथेरापीलाई निरन्तरता दिएका छन् ।

ओलीको स्वास्थ्यमा अपेक्षित सुधार भइरहेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जनाएका छन् । उनलाई सामान्य खानासमेत दिन थालिएको छ ।

अस्पतालका अनुसार ओलीका महत्त्वपूर्ण तथा प्रयोगशालासम्बन्धि स्वास्थ्य सूचकहरूसमेत सामान्य अवस्थामा छन् । मिर्गौला दिने भाज्नी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा समेत राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ ।

गत बुधवार मिर्गौला प्रत्यारोपण गरिएका ओलीलाई शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आइसीयुमा राखिएको छ । संक्रमण नियन्त्रण रणनीतिअन्तर्गत प्रधानमन्त्री ओलीलाई परिष्कृत आइसीयुमा राखिएको हो । मिर्गौला प्रत्यारोपण भएका बिरामीलाई रेनल ट्रान्सप्लान्ट युनिटमा राख्ने गरिन्छ ।

चिकित्सक विश्वस्त नभएसम्म प्रधानमन्त्रीलाई आइसीयुमै राखिने अस्पतालले जनाएको छ । हाल परधानमन्त्री अन्य बिरामी भन्दा पृथक अत्याधुनिक आइसीयुमा भएकाले अस्पताल बसाइ लम्ब्याउदा अस्पतालजन्य संक्रमणको जोखिम नरहने चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीलाई शुक्रबारै दुखाइनाशक औषधि बन्द गरिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्