३० जेठ २०८३, शनिबार

क्रिकेट ब्याटको विवादले ५१ वर्षीया महिलामाथि एसिड प्रहार

फागुन २५, २०७६
क्रिकेट ब्याटको विवादले ५१ वर्षीया महिलामाथि एसिड प्रहार

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब (एसिड) प्रहार भएको छ ।

तेजाब प्रहारबाट ५१ वर्षीया वेदमतीदेवी गुप्ता घाइते भएकी छन् । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । 

महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

क्रिकेट ब्याटका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण बरईले तेजाब प्रहार गरेको बताइएको छ । 

बरईले क्रिकेट ब्याट भाँचेपछि ब्याटको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रीमा राख्ने तेजाब फालेका थिए । बरई ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्छन् ।

प्रहरीले बरईको पसलबाट पाँच लिटर तेजाबसमेत बरामद गरेको छ ।  तेजाब प्रहार गर्ने बरई प्रहरी नियन्त्रणमा रहेका छन् ।

उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्