२९ जेठ २०८३, शुक्रबार

भाजपाका विधायकले कोरोनालाई दिए धम्की– यहाँ रामराज्य छ, आएर देखा !

फागुन २५, २०७६
भाजपाका विधायकले कोरोनालाई दिए धम्की– यहाँ रामराज्य छ, आएर देखा !

कोरोनाभाइरसका विषयमा भारतको उत्तर प्रदेश सरकारले अलर्ट जारी गरेको छ तर भाजपाका विधायक नन्द किशोर गुर्जरलाई यसको कुनै मतलब छैन । 

भाइरस फैलिने सम्भावना रहेको भनी सबैजना चिन्तित भएको बेलामा उनले अनौठो बयान दिएका छन् । गाई हुने ठाउँमा कोरोनाभाइरस आउँदैन भनी उनले दाबी गरेका छन् । 

लोनिका नामक स्थानको स्वास्थ्य केन्द्रको हालत खराब भएको विषयमा गुर्जरलाई प्रश्न गरिएको थियो । त्यसमा गुर्जरको जवाफ थियो, ‘लोनीमा रामराज्य छ, यहाँ कोरोना आउने हिम्मत गर्दैन । यहाँ नौवटा गौशाला छन् । मानिसहरू धर्मप्रति जागरुक छन् । गाई हुने ठाउँमा कुनै पनि भाइरस आउँदैन । संसारभरिका भाइरसलाई म चुनौती दिन्छु, आएर त देखा ।’

उनले लोनीमा रामराज्य रहेको र गाईहरू निष्फिक्री डुल्ने गरेको बताए । उनले भने, ‘भगवानको कृपाले यहाँ कुनै भाइरस आउन सक्दैन । लोनीमा मनुष्यका रूपमा आएको भाइरस होस् कि अन्य कुनै भाइरस होस्, आयो भने हामी ठीक पारिदिन्छौं ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्