३० जेठ २०८३, शनिबार

वीरेन्द्र साहको हत्या तथा अपहरणमा संलग्न फौजदार १२ वर्षपछि पक्राउ

फागुन २५, २०७६
वीरेन्द्र साहको हत्या तथा अपहरणमा संलग्न फौजदार १२ वर्षपछि पक्राउ

पत्रकार वीरेन्द्र साहको अपहरण र हत्यामा संलग्न कुन्दन भन्ने नरेन्द्र फौजदारलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरको छ ।

तत्कालीन इनर्वासिरा गाविस वडा– ८ बस्ने पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न रही फरार रहेका मुख्य अभियुक्त बारागढी गाउँपालिका– ६ गडहल टोल बस्ने कुन्दन भन्ने ५१ वर्षीय नरेन्द्रकुमार फौजदारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

२०६४ असोज १८ गते वीरेन्द्र साहको अपहरण गरी गोली हानी हत्या गरेको घटनाका मुख्य अभियुक्त फौजदारलाई जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्