३० जेठ २०८३, शनिबार

वैदेशिक रोजगारीको प्रलोभनमा अढाइ करोड  ठगी गर्ने पक्राउ

फागुन २५, २०७६
वैदेशिक रोजगारीको प्रलोभनमा अढाइ करोड  ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन दिएर करोडौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

माल्टा र कुवेत पठाइदिन्छु भन्दै दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई  महानगरीय प्रहरी परिसर काठमाडौँले नेपालगञ्जबाट पक्राउ गरेको हो।

परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनी ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।

‘पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति छ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ,’ प्रवक्ता बोगटीले भने। श्रेष्ठले माल्टा जानेसँग ६÷६ लाख तथा कुवेत जानेसँग तीन÷तीन लाख उठाइसकेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्