१९ असार २०८३, शुक्रबार

कमेडी च्याम्पियनमा कोरोनाको असर: ‘ग्रान्ड फिनाले’ आफ्नै स्टुडियोमा

फागुन २५, २०७६
कमेडी च्याम्पियनमा कोरोनाको असर: ‘ग्रान्ड फिनाले’ आफ्नै स्टुडियोमा

कमेडी च्याम्पियनकाे ‘ग्रान्ड फिनाले’ आफ्नै स्टुडियोमा हुने भएको छ।

‘ग्रान्ड फिनाले’ यसअघि चैत १ गते होटेल सोल्टीमा गरिने घोषणा गरिएको थियो।

तर, कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गरेर सरकारले ठूला सभा, सम्मेलन नगर्न सूचना जारी गरेपछि ग्रान्ड फिनाले आफ्नै स्टुडियोमा हुन लागेको हो।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीका अनुसार ले ग्रान्ड फिनाले चैत १ गते च्यासलस्थित आफ्नै स्टुडियोमा हुने भएको हो।

ग्रान्ड फिनालेमा महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र नायक राजेश हमाल प्रमुख अतिथि रहनेछन्। ग्रान्ड फिनालेबाट विजयी घोषित हुनेछन्।

ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन्।

आयोजकले त्यसका लागि तीनै जना प्रतिस्पर्धीलाई चैत १ गते दिउँसो १२ बजेसम्म भोटिङ खुल्ला गरेको छ। 

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन्।
 

salt training

कमेन्ट गर्नुहोस्