
बार्सिलोना ६ चैत– ‘जवानीमा तानेको गाजा अहिले मलाई लाइराछ नमजा’ भन्दै रामजी नेपालीले स्पेनको बार्सिलोना तताएका छन् ।
नेपाली काग्रेशको भातृ संगठन जनसम्र्पक समिति स्पेनको बार्सिलोनामा आयोजनामा गरेको कार्यक्रममा प्रख्यात लोक गाएक गायीकाले नेपाली राष्ट्रिय झण्डा सहित स्टेजलाई तताएका थिए ।
कार्यक्रममा लोग दोहोरी प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष समेत हरेकी सुमि घिमिरे सापकोटा,थानेश्वर गौतम, अनुषा थापाको समेत प्रस्तुती रहेको थियो ।
नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा सास्कृती साँझको नाम दिइएको कार्यक्रममा नित्य,संगित तथा हास्यब्यग्य कार्यक्रम समेत प्रस्तुती गरिएको थियो ।
बाल कलाकार सुजल भण्डारीले हास्य टेलिशिरियल माग्ने बुढा र पाडेको अभिनमा स्थानिय निकायको निर्वाचनलाई ध्यानमा राखेर प्रस्तुती दिएका थिए । कार्यक्रममा स्पेनीश तथा नेपाली समुदायहरुको उल्लेखनिय जनसहभागिता रहेको थियो ।