११ साउन २०८३, सोमबार

तापसीको ‘थप्पड’ ले ९ दिनमा कति कमायो ?

फागुन २५, २०७६
तापसीको ‘थप्पड’ ले ९ दिनमा कति कमायो ?

तापसी पन्नूको बलिउड फिल्म ‘थप्पड’ को कमाई बक्स अफिसमा लगातार जारी छ।

फिल्म रिलिजको पहिलो हप्ता राम्रो कमाइ गरेको यो फिल्म दोस्रो हप्तामा पनि आँकडा बढाइरहेको छ।  

फिल्मले शनिबार राम्रो कमाइ गरेको छ। उसले शनिबार १.६५ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै यो फिल्मले ९ दिनमा २३.५० करोड भारु कमाएको छ।  

केही समय अघि ट्रेड एनालिस्ट तरण आदर्शले कोरोनाका कारण फिल्ममा नकारात्मक असर पर्ने बताएका थिए। कोरोनाको त्रास रहेका बेला रिलिज भएको यो फिल्मले सोचेजस्तो कमाइ भने गर्न सकेको छैन। 

जबकि फिल्म बागी ३ ले रिलिज भएको दिन नै २५ करोडभन्दा बढी कमाएको थियो।  

 

salt training

कमेन्ट गर्नुहोस्