२७ असार २०८३, शनिबार

डीआईजी कटौतीबारे गृह सचिव–आईजीपी भनाभन

फागुन २६, २०७६
डीआईजी कटौतीबारे गृह सचिव–आईजीपी भनाभन

‘कुनै करिअर प्लान नबनाई, औचित्य र आधार पुष्टि नगरी डीआईजीको दरबन्दी कटौती गर्ने कुरा कहाँबाट आयो सर ?’ प्रहरी महानिरीक्षक –आईजीपी) ठाकुरप्रसाद ज्ञवाली फागुन दोस्रो साता आफ्नो कार्यकक्षमा जंगिएपछि गृहसचिव महेश्वर न्यौपाने केही बेर अक्क न बक्क भए । 

माघ २९ मा आफैंले आईजीपीको फुली लगाइदिएका ज्ञवालीबाट यस्तो आक्रोश पोखिएपछि उनी केहीबेर मौन बसे ।


‘तपाईंलाई जे मन लाग्छ त्यही गर्नुस्, म यस्तो निर्णयमा सहमत हुन सक्दिन,’ ज्ञवालीले थपे । त्यसपछि गृहसचिवको कार्यकक्ष केहीबेर सुनसानजस्तै भयो । 

न्यौपानेले समायोजन र संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण बन्ने क्रममा रहेको र १० वटा डीआईजी पद खारेज गर्ने विषय ज्ञवालीलई सुनाएका थिए ।

‘समायोजन प्रक्रिया अघि बढेको छ, दरबन्दी र पद तलमाथि हुन सक्छ, छलफल गरेरै अघि बढ्ने हो,’ गृहसचिवले यसो भनेपछि ज्ञवाली जंगिएका थिए । 

केहीबेर भनाभन नै भयो,’ न्यौापने र ज्ञवालीबीचको भेटबारे स्रोतले भन्यो,‘उहाँ (ज्ञवाली) प्रहरी संगठनबारे गृहसचिवलाई आफ्ना कुरा राखेर निस्कनुभयो ।’ कान्तिपुर दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्