२२ जेठ २०८३, शुक्रबार

फेवातालमा कार खस्दा ४ जना घाइते

फागुन २६, २०७६
फेवातालमा कार खस्दा ४ जना घाइते

पोखराको फेवातालमा कार खस्दा ४ जना घाइते भएका छन् ।

फेवातालको सिरान खपौदीबाट लेकसाइडतर्फ आउँदै गरेको ग२च ६९१२ नम्बरको कार सोमवार करीब १२ बजे ताल किनार सेदीबाट खस्दा ४ जना सामान्य घाइते भएका हुन् ।

कार घुम्तीमा मोड्ने क्रममा १ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा पोखरा–६ लेकसाइडका ३२ वर्षीय चिरण बस्नेत, ३१ वर्षीय सञ्जय यादव, कार चालक ३७ वर्षीय राजु पहारी र उनकी २ वर्षीया छोरी राविया पहारी छन् ।

घाइतेको पोखराको सिर्जना चोकस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्