०५ असार २०८३, शुक्रबार

कतारमा रहेका नेपालीलाई दूतावासको अपिल: अत्यावश्यकबाहेक भेटघाट नगर्नू

फागुन २६, २०७६
कतारमा रहेका नेपालीलाई दूतावासको अपिल: अत्यावश्यकबाहेक भेटघाट नगर्नू
File Photo

कतारका लागि नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यकबोहक भेटघाट नगर्न सुझाएको छ।

कतारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि दोहास्थित नेपाली दुतावासले सूचना जारी गरेर उच्च सतर्कता अपनाउन अपिल गरेको हो। 

भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ। 

दूतावासबाट प्रवाह हुने सेवाका बारेमा जानकारी दिन परेमा नियोगमा उपस्थिति हुनु नपर्ने गरी व्यवस्था मिलाइएको छ। कतारमा करिब चार लाख नेपाली छन्। 

कतार सरकारको जनस्वास्थ्य मन्त्रालयलद्वारा प्रकाशित पछिल्लो तथ्यांक अनुसार तीन आप्रवासीसहित १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्