१३ असार २०८३, शनिबार

सामूहिक बलात्कार कसूरमा १० वर्ष कैद

फागुन २७, २०७६
सामूहिक बलात्कार कसूरमा १० वर्ष कैद

जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया  किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी,  अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई सो सजायको फैसला गरेको हो ।

 फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ ।

पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा विसं २०७४  फागुन २८ गते उजुरी दिनुभएको थियो । सामूहिक बलात्कारको आरोपमा एटलाण्टिक र अजय घटनालगत्तै पक्राउ परेका थिए भने मनोज र अर्जुन २०७४ चैत २६ गते वारेण्ट जारी भएपछि अदालतमा हाजिर भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्