
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत र कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
टेण्डरको काठ उठाएबापत सेवाग्राहीसँग २ लाख घुस लिएको आरोपमा पक्राउ परेका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीविरुद्ध कारबाही अगाडि बढाइएको हो।
उनीहरुले लिलाम बिक्री भएको काठको छोडपूर्जी दिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोप छ।