२६ असार २०८३, शुक्रबार

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी ५ उपाय

फागुन २७, २०७६
पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी ५ उपाय

मानिसको खानपिन जहिल्यै एउटै नहुन सक्छ। समय पस्थिति अनुसा फरक पनि हुनसक्छ। बेस्सरी मसला हालेको अनि चिल्लो खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ।

यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ। तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन् ।


१. तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ।

२. ज्वानोलाई पानीमा उमालेर पिउनुस्। ग्यासको समस्या तत्काल निको हुन्छ।

३. तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन्।

४. दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या कम हुन्छ। पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ ।

५. कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन । (एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्