काठमाडौँ, ६ वैशाख – निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सात प्रदेशका ७५ जिल्लामा रहने मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ ।
बुधबार आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको संख्या निर्धारण गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार, मतदान स्थलको संख्या १० हजार ६४० र मतदान केन्द्र १८ हजार ५७२ निर्धारण गरिएको छ ।
जसअनुसार काठमाडौमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको आयोगका प्रवक्ता सहसचिव सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगको निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुङ्गो लागेको उनले बताए ।
जिल्लागत मतदान स्थल र केन्द्रसम्बन्धी पूर्ण विवरण हेर्नुहोस् 

