
कोरोना संक्रमणविरुद्धको रणनीति बनाउन सरकारले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा शुरू भएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरू भएको हो ।
बैठकमा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल र सुवास नेम्वाङ लगायत सहभागी छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाण, नेता गगन थापा लगायत सहभागी भएका छन् ।
सरकारका मन्त्रीहरू सहितको बैठकले कोरोनाविरुद्ध राष्ट्रिय रणनीति बनाउने अपेक्षा गरिएको छ ।
अस्वस्थताका कारण सार्वजनिक कार्यक्रममा अनुपस्थित भएका प्रचण्ड आजको बैठकमा सहभागी भएका हुन् ।