
बलिउड अभिनेता वरुण धवनले नेपालीहरूलाई होलीको शुभकामना दिएका छन् ।
एक इन्स्टाग्राम अकाउन्टमा राखिएको भिडियोमा वरुणले शुभकामना दिएका हुन् । उनका एक फोटोग्राफर फ्यानले खिचेको भिडियोमा वरुण प्रशंसकको काँधमा हात राखेर उभिएका देखिन्छन् । उनी भन्छन्, ‘म पाण्डेका सबै साथीहरूलाई अनि तपाईंहरू सबैलाई होलीको शुभकामना दिन्छु ।’
वरुणले त्यसबाहेक पनि कुरा गर्न खोज्दा प्रशंसकले ‘मेरो गाउँ नेपाल हो’ भन्छन् । अनि वरुणले नेपाल कसरी गाउँ हुनसक्छ, देश पो हो त भन्छन् । त्यसपछि उनी सम्पूर्ण नेपालवासीलाई होलीको शुभकामना दिन्छन् ।
आफ्ना प्रशंसकसँग राम्रो व्यवहार देखाएको र उसका लागि यसरी होलीको सन्देश रेकर्ड गरेकोमा वरुण धवनलाई प्रशंसाहरू आइरहेको छ । वरुणका अनेकौं फ्यान पेजमा यसलाई धमाधम शेयर गरिँदैछ ।
वरुण छिट्टै कुली नम्बर १ फिल्ममा देखिँदैछन् ।