
कोरोना भाइरसका कारण औषति निर्यात प्रतिबन्ध गरेको भारत नेपालमा निर्यात हुने औषधिलाई निरन्तरता दिन सकारात्मक देखिएको छ।
फागुन २३ र २४ गते भारतमा भएको ग्लोबल बिजनेस समिट २०२० मा भाग लिई स्वदेश फर्किएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सो कुराको जानकारी दिएका हुन्।
भारतका केन्द्रीय नागरिक उड्ययन, आवास तथा सहरी मामिलामन्त्री हरदीपसिंह पुरीसँगको भेटसँगै भारतीय मन्त्रीले नेपालमा औषधि खुला गर्न आफ्ना सचिवलाई निर्देशन दिएको उनले बुधबार पत्रकारहरुसँग बताएका हुन्।
राज्यमन्त्री दुगडका अनुसार नेपाल भारतसँग व्यापार घाटामा रहेकाले नेपालबाट भारत निर्यात हुने पाम आयलको निर्यातमा पनि भारत सरकारात्मक भएको छ।